arrow

गण्डकीमा १२ जनाको मृत्यु, ३ सय ४३ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै नवलपरासी पूर्वका तीन जना छन् । यसै गरी मुस्ताङमा दुई जना, म्याग्दीमा एक जना, पर्वतमा दुई जना, लमजुङमा दुई जना, तनहुँ र कास्कीमा एक, एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार गण्डकीका कोरोना सङ्क्रमणबाट हालसम्म ८ सय ५० जना पुगेको छ ।  गण्डकीमा पछिल्लो २४ घण्टामा ८सय ४२ जना संक्रमित निको भएका छन् । 

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय ७६ जना महिला र १ सय ६७ जना पुरुष छन् । सोमवार भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागलुङका १ सय २० जना छन् ।

यसै गरी कास्कीमा ५८, म्याग्दीमा पाँच, पर्वतमा ३८, गोरखामा ३०, लमजुङमा ३५, तनहुँमा पाँच, स्याङ्जामा एक र नवलपरासी पूर्वमा ५१ जना कोरोना संक्रमित थपिएका गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

योसहित गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ५० हजार ६ सय ४७ जना पुगेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ