- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) र नेकपाको दावीलाई अस्वीकार गरेपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आपत्ति जनाएका छन् ।
राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय गरेपछि आयोगले सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको नेता श्रेष्ठले आरोप लगाएका छन् ।
उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’