arrow

तीन दिनको मौसमः कतै सामान्य कतै जोखिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
mausam1.JPG

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर जनजीवन प्रभावित हुन थालेको छ ।

मनसुनी वायुका प्रभावका कारण सोमबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । वर्षाका कारण कतिपय स्थानमा बाढी त कतिपय स्थानमा पहिरोको जोखिमसमेत देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिने पूर्वानुमानसहितको सूचना सार्वजनिक गर्दै ति स्थानमा रहेका सर्वसाधारणमा सचेत रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार तराइ क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । दोलखा, सिन्धुपाल्चोक, गोरखा, रसुवा, लगायतका पहाडी जिल्लामा पहिरोको सम्भावना छ ।

यस्तै कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने नारायणी, कर्णाली र महाकाली जलाधारका केही स-साना सहायक नदीमा मध्य र भारी वर्षा हुने सम्भावना छ । यी नदीमा बहाव केही बढ्ने र केही स-साना नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबइ, भेरी र यसका सहायक नदीजलाधार तथा चुरे र तराईका केही नदीमा आगामी तीन दिन पानीको वहाब बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । यस्तै प्रदेश २ का केही स्थानमा पनि मेघगर्जनसहित पानी परिरहेको छ ।  

बुधबार राति देशभर सामान्य देखि पूणर् बदली रहनेछ । त्यस्तै बिहीबार दिउँसो देशभर सामान्य देखि पूणर् बदली रहनेछ । प्रदेश १ र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ