arrow

सर्वोच्च बारले तोक्यो एमिकस क्युरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाका लागि सर्वोच्च अदालत बार एशोसिएसनले दुई जनालाई एमिकस क्युरी तोकेको छ ।

सर्वोच्च अदालतमा संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्वन्धि मुद्दाको सुनुवाइ जारी छ । इजलासले सर्वोच्च बार र नेपाल बारबाट दुई दुई जना एमिकस क्युरी माग गरेको थियो ।

सोही अनुसार सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको सर्वोच्च बारका सचिव ऋषीराम घिमिरेले जानकारी दिए ।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस गरेको उनले जनाएका छन् । 

प्रतिनिधि सभा विघटन सम्वन्धि मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

सो इजलासको सुनुवाइ अब ९ असारका लागि तोकिएको छ । इजलासले आवश्यक रायका लागि एमिकस क्युरी मागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ