arrow
ADVERTISEMENT

सिन्धुपाल्चोकमा बाढीको कहर

सयौं घर डुवानमा, दर्जनौं बेपत्ता, नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त (फोटोफिचरसमेत)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
melamchi-badhi.jpg
तस्वीर–श्रीधर न्यौपाने, कुमार दुलाल र देवराज सुवेदीको फेसबुकबाट ।

काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति आएको भीषण वर्षाले नदीहरुमा बाढी आउँदा तटीक्षका सयौं घर डुबानमा परेका छन् भने दर्जनौं बेपत्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सामाजिक संजाल फेसबुकमा मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औं जना बेपत्ता (सम्पर्कमा नआएकाले सम्पर्कविहीन) भएको जानकारी दिएका छन् । 

उनले मेलम्ची खानेपानीको ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार क्षतविक्षत बनाएको जानकारी दिए । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । 

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको समेत जनाएको छ । 

बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । प्रहरीले कम्तीमा १० जना सम्पर्कविहीन भएको जनाएको छ । 

सुरक्षा निकायका तीन वटै निकायले मंगलबार मात्रै विपद्बाट जुध्नका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकै दिन सिन्धुपाल्चोकमा आएको विपद् र त्यसको उद्दारमा भएको कठिनाइले भने अझै तयारी नपुगेको स्पष्टै देखाएको छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ