arrow

प्रधानमन्त्रीको साङ्केतिक कुर्सी फाल्यो नेविसंघले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
nebisangh-chair.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको चर्को विरोध गर्ने क्रममा फरक शैलीको विरोध अपनाएको छ । नेविसंघको संयोजनमा काठमाडौंको सिनामंगलमा एक साङ्केतिक कुर्सीलाई प्रधानमन्त्रीको कुर्सी भन्दै सडकमा फ्याँकिएको छ । 

‘वर्तमान सरकार र सरकारका मन्त्रीहरू जनता, राष्ट्रप्रति पूर्ण गैर जिम्मेवार भएका कारण सरकारको कुर्सी सडकबाटै फाल्ने चेतावनी स्वरूप हामीले सडकमा कुर्सी फालेका हौँ’, विद्यार्थी नेता ईन्जिनियर भुवन भट्टले बताए । 

एक पुरानो कुर्सीमा उनीहरुले ‘जनता मार्ने तर कुर्सी नछोड्ने ओलीको कुर्सी, नालायक सरकार मुर्दावाद’ लगायतका पम्प्लेटसमेत टाँसिएको थियो । पम्प्लेटसहितको उक्त कुर्सीलाई सडकमा फ्याँकिएको हो । 

वर्तमान सरकार ओली सरकार जनताको जीवनको भन्दा कुर्सीको मोहमा लिप्त भएको भन्दै उनीहरूले कुर्सी सडकमा फालेको बताएका छन् ।

प्रहरीले नेविसंघका कार्यकर्ताको उक्त विरोध कार्यक्रम विथोलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ