arrow

सरकारलाई राहत र उद्दार व्यवस्थापन गर्न कांग्रेस नेता खाणको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
balkrishna-khand.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले देशको विभिन्न भागमा आएको बाढी पहिरोले ल्याएको विपद्ले घरबारविहीन भएकाको तत्काल उद्दार तथा राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् । खाणको सचिवालयले सामाजिक संजालमार्फत सरकारसँग पीडितको उद्दार, राहत र बेपत्ताहरुको खोजीका लागि आग्रह गरेको हो । 

सचिवालयले लेखेको छ, ‘सिन्धुपाल्चोक, मनाङ,पर्वत, बागलुङ लगायतका ठाउँहरुमा प्राकृतिक प्रकोप एवं  नदीहरुमा प्राकृतिक विपत्तिका कारण अविरल वर्षाले ल्याएको  बाढी पहिरोले जनजीवन कष्टकर बनाएकोमा नेपाल सरकारको घम्भीर ध्यानाकर्षण गराउँदछु । राहत र उद्धार कार्य यथाशिघ्र सञ्चालन गर्न म अनुरोध गर्दछु ।’

अगाडि लेखिएको छ, ‘बाढी र पहिरोले मेलम्ची क्षेत्रका धेरै बजार डुबान र पक्की पुलहरू भत्किएकाले बाढीका कारण घरबारविहीन भएकाहरुको तत्कालै उद्दार  तथा राहतको व्यवस्थापन गर्न  र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उनले तत्काल उद्धार कार्य अघि बढाउन जरुरी भएको भन्दै अगाडि भनेका छन्, ‘यो विषम परिस्थितिमा आम नागरिकको दुःखमा सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई म हार्दिक अपिलसमेत गर्दछु । कोरोनाको मापदण्ड पालना गर्दै यथाशीघ्र बेपत्ताहरुको खोजी एवं विस्थापितहरुलाई आश्रय दिने वातावरण सिर्जना गर्न म नेपाल सरकार समक्ष आग्रह गर्दछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ