arrow

झलनाथ खनाललाई निको भएन, थप उपचार भारतको एपोलो अस्पतालमा हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
jhalanath-khanel-1619874717.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लैजान लागिएको हो । 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लैजान लागिएको बताए । 

पूर्वप्रधानमन्त्री खनालको खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । 

केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ