arrow

गण्डकीमा सात जनाको मृत्यु, ४ सय ८ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कास्की, मनाङ, नवलपरासी पूर्वका दुई, दुई जना र तनहुँका एक जना छन् ।  योसहित गण्डकी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ८६१ जना पुगेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित निको भएका छन् ।  यसैबिच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् ।  जसमध्ये २०२ जना महिला र २०६ जना पुरुष छन् । आज मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका १०५ जना छन् । 

यसै गरी म्याग्दीमा पाँच जना, पर्वतमा चार जना, गोरखामा १६ जना, लमजुङमा ५८ जना, तनहुँमा ८७ जना, बागलुङमा ५६ जना, स्याङ्जामा आठ जना र नवलपरासी पूर्वमा ६९ जना संक्रमित थपिएका छन् । 

योसहित गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ५१ हजार ४३५ जना पुगेको छ । गण्डकीमा हाल ५२ सय २८ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ