arrow

जनकपुरमा अक्सिजन प्लान्ट सुरु, उद्योगले दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार २ बुधबार
oxygen-plant.JPG

जनकपुरधाम । जनकपुरधाममा अक्सिजन प्लान्टको बुधवार उद्घाटन गरिएको छ । एसआरजे ग्रुपले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित स्थापना गरेको अक्सिजन प्लान्टको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना महामारी सङ्ग जुध्न महत्त्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्चालकहरूलाई धन्यवाद दिँदै जनकपुर क्षेत्रमा अब अक्सिजन को अभाव नहुने विश्वास व्यक्त गरे।
 
७ करोडको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाइएको छ ।

एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षता मा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नबल किशोर साह , प्रदेश सभा सदस्य करिमा बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव , मुख्य न्यायधिवक्ता दीपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।
 



नयाँ