arrow

दुई दिनमा विपद्का ९९ घटना: ६  जनाको मृत्यु, २७ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
flood-dead.jpg

काठमाडौं । विगत केही दिनदेखि भएको अबिरल वर्षपछि आएको बाढी तथा पहिरोका कारण ९९ वटा विपद्का घटना भएको छ ।

बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटनामा परेर यो अवधिमा  ६ जनाको मृत्यू भएको छ भने २७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा २ जनाको बाढी पहिरोमा परेर मृत्यू भएको छ भने कास्की, बाजुरा, पाल्पा र डोटीमा एक एक जनाको मृत्यू भएको छ । 

गृहले तयार गरेको तथ्यांक अनुसार बाढी तथा पहिरोका घटनामा परेर हालसम्म २७ जना बेपत्ता भएका छन । जसअनुसार सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा एक एक जना बेपत्ता छन् ।  प्रहरी प्रधान कार्यालयले यो अवधिमा देशभर भएका बाढी र पहिरोका विपद्का घटनाबाट १६५ घर डुबानमा परेको जनाएको छ । 

यसैगरी बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको उद्धार गरिएको प्रहरीले बताएको छ । 

यसैगरी सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी बाढी तथा पहिरोमा परेर ८ जना घाइते भएका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम)लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण ५३ घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ६२ घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ