arrow

एनएसडब्लु संयोजकमा सन्ध्याको पल्लाभारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
sandhya.jpg

काठमाडौं। एनआरएन अस्ट्रेलियाको चुनाब नजिकीदै जाँदा बिस्तारै प्रत्यासीहरुको चर्चा पनि चुलिन लागेको छ । एनआरएन अस्ट्रेलियाको निर्वाचन यही आउँदो जुलाइ ३१ तारिख तोकिएको छ ।

यसैबिच सदस्यता बढाउने खेलमा चुनाब एक महिनापछि सार्न अस्ट्रेलियाले केन्द्रसँग आग्रह गरेको छ। तर त्यसको निर्णय आइसकेको छैन् ।

तोकिएको समयमा एनआरएन अस्ट्रेलियामा २ हजार सदस्य पनि नबनेपछि कार्यसमितीको बैठकले सदस्यताको म्याद १६ दिन बढाएर जुन २७ तारिखसम्मका लागि लम्बाइएको छ । यसकारण पनि अब कम्तीमा पनि सदस्यता संख्या ६ हजारको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

यसैबिच नारी निकुन्जकी संयोजक संन्ध्या शाहले भने यस पटक एनआरएनको न्यु साउथवेल्स राज्यको संयोजक (उपाध्यक्ष) पदमा उमेदबारी दिने घोषणा सार्वजनिक गरेकी छिन् । नारी निकुन्जको सदस्य हुँंदै एनएसडब्लु संयोजक र हाल नारी निकुन्जकै संयोजक बनेकी शाहले यस पटक आफूले तीन कार्यकाल गरेको काम र अनुभवका आधारमा उपाध्यक्ष पद दावी गरेको बताइन् । नारी निकुन्ज एनआरएन अस्ट्रेलियाको भगिनी संस्थाका रुपमा रहेको छ ।

आफ्नो कार्यकालमा नेपालमा थुप्रै परोपकारी कार्य गर्दै आएको नारी निकुन्जले नेपालका दुर्गम जिल्लाका स्कूलहरुमा नानीहरुलाई निशुल्क प्याड बितरण, अछाममा पाठेघर खस्ने समस्यावाट पीडित महिला दिदी बहिनीहरुलाई आवश्यक उपचार सहयोग लगायतको काम अगाडि बढिरहेको शाहले बताइन् । नेपालगन्जकी स्थायी बासिन्दा शाह प्रवासमा बसेर पनि मुलुक अनि माटोको लागि केहि गर्न सकिन्छ की भन्ने ध्येयका साथ एनआरएन अभियानमा सामेल भएको बताउँछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ