arrow

नागरिकको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख प्राथमिकताः मुख्यमन्त्री नेपाली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
krishna-chandra-nepali-mukh.jpg

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

पतंजली योग समिति गण्डकी प्रदेशद्वारा सातौं विश्व योग दिवसको अवसरमा आयोजित भर्चुअल योग शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड-१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जीउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताए ।

उनले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवर्दन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्ययन, अध्यापन गराउने नीति लिएको जानकारी दिए ।

औधषीजन्य वहुमुल्य जडीवुटीहरुको संरक्षण, व्यवसायिक उत्पादनमा विशेष प्रोत्साहन कार्यक्रम ल्याइएको छ मुख्यमन्त्री नेपाली भने-बैदिक अस्पताल सञ्चालन र जडिवुटी प्रशोधन उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम छ ।

योग, ध्यानको माध्यमबाट स्वस्थ नागरिक, असल समाज निर्माण टेवा पुग्ने भएकाले यसको प्रवर्दन गर्न सरकार प्रतिवद्व रहेको उनको भनाई छ । जेष्ठ नागरिकका लागि दिवा संरक्षण सेवा, विशेष उपचार सेवा, ध्यान योगा, सत्संग गर्न सघाउने मुख्यमन्त्री नेपालीले जानकारी दिए ।

उनले योग ध्यानको लोकप्रियतासंगै संयुक्त राष्ट्र संघले समेत मान्यता दिनु आफैंमा महत्वपुर्ण उपलब्ध रहेको भन्दै यस अभियानमा लाग्नुहुने सम्पूर्ण योग अभियान्ताहरुलाई धन्यवाद ज्ञापन सहित आगामी दिनमा निरन्तरता र थप विस्तार गर्न आग्रह गरे ।

पतंजली योग समिति नेपालका केन्द्रीय प्रभारी लभदेव मिश्रले गण्डकी सरकारले योग, बैदिक र प्राकृतिक उपचार पद्वतिलाई प्रोत्साहन गर्ने उदाहरणीय कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गरे । सप्ताहव्यापी भर्चुवल योग शिविरको उदघाटन समारोहमा देशभरिका छ सय बढी योग प्रशिक्षक, अभियान्ता, जनप्रतिनीधि, निजामति कर्मचारी तथा सर्वसाधरणको सहभागीता रहेको थियो ।

पतंजली योग समिति नेपाल गण्डकी प्रदेश अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा कार्यक्रम भएको थियो । समितिले अघिल्लो लकडाउनदेखि नै भर्चुअल माध्यमबाट दैनिक ध्यान, योग शिविर, प्रशिक्षक प्रशिक्षण, विज्ञहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै आईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ