arrow

महामारीमा सहयोग जुटाउदै लमजुङको नमुना सामूदायिक अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
hospital-lamjung.jpg

लमजुङ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोभिड उपचारलाई सहज बनाउन नमूना सामुदायिक अस्पतालले सहयोग जुटाएको छ ।

सुन्दरबजारमा  समुदायद्वारा सञ्चालित नमूना सामुदायिक अस्पतालमा कोभिड १९ को माहामारीका बेला उपचारलाई सहज बनाउन सरकारी देखी गैर सरकारी संस्था तथा व्यक्तीहरुबाट  सहयोग जुटिरहेको छ । समुदायले संचालन गरेको र पूर्ण रुपमा सक्षम नभए पछि सहयोग विभिन्न व्यक्ति तथा संस्थाहरु तथा सरकारले समेत सहयोग गरिरहेका छन् ।

जिल्ला कोभिड व्यबस्थापन केन्द्रले (डिसीसीएमसी) जिल्लामा लमजुङ जिल्ला अस्पताल र सुन्दर वजारमा नमूना सामुदायिक अस्पतालमा अक्सिजन सहितको आईसोलेसन संचालन गर्ने निर्णय अनुसार नमूना सामुदायिक अस्पतालमा आइसोलेसन संचालन हुने भएको थियो । अस्पतालमा अन्य रोगीहरुको पनि उपचार गराउनु पर्ने भए पछि अस्पतालको दोस्रो तलामा ४० बेड तयार भएको छ ।

अस्पतालले बिरामीलाई सहज रुपले उपचार प्रदान गर्न बिभिन्न पूर्वाधार तयारीमा जुटिरहेको छ । बिरामीको उपचार गर्नका लागी आवश्यक सामाग्री खरिदका लागी सुन्दरवजार नगरपालिकाले ६ लाख, मध्य नेपाल नगरपालिका ,राईनास नगरपालिका, दोर्दी गाँउपालिका र दुधपोखरी गाँउपालिकाले ३, ३ लाख सहयोग गर्ने भएका छन् ।

सो रकम बाट, अक्सिजन सिलीन्डर, मोनिटर, अक्सिमिटर लगायत आबश्यक स्वास्थ्य सामाग्री खरिद गरीसकेको छ । अस्पतालमा कोभिड उपचारका लागी आबश्यक सुरक्षा अपनाउन पूर्वाधार निर्माणमा खर्च भएको नमूना सामुदायिक अस्पतालका महासचिब चन्द्रप्रकास पौडेले जानाकारी दिएका छन् ।

प्रदेश सरकार स्वास्थ्य  मन्त्रालयबाट अक्सिजन पाईप लाईन जडान भएको छ भने अन्य गैर सरकारी संस्थाबाट बिभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।अस्पतालको लागि गोर्खा वेयलफेयर ट्रष्टले करिब १२ लाख रुपैयाँ बराबरको  सामाग्री प्रदान गरेको छ । ट्रष्टले अस्पतालको लागि ३ बटा अक्सिजन कन्सन्ट्रेटर, ३० बटा अक्सी मिटर सहित २७५ थान पिपिई सहित अन्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको छ ।

सुन्दरबजार नगरपालिका-१ कुञ्छा निवासी समाजसेवी एवम् युवा व्यवसायी कृष्णप्रसाद अधिकारी दम्पत्तीले नमूना सामुदायिक अस्पताल सुन्दरबजार लमजुङलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

एक दशकदेखि अमेरिकाको कोलोराडोमा छोराछोरीसहित बस्दै आएका अधिकारी दम्पत्तीले कोरोनाको समयमा दुःख गरेर कमाएको रु एक लाख १० हजार रकम बराबरको स्वास्थ्य सामाग्री उक्त अस्पताललाई सहयोग गरेका हुन । अधिकारी दम्पत्तीले उक्त अस्पताललाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, पिपिई, माक्स र ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री खरिदका लागि नगद रकम सहयोग गरेका हुन् ।

यसैगरी पूर्बीअफ्रिकाको सिसेल्स र अमेरिकामा रहेका नेपालीहरुले सञ्चालन गरेको हाम्रो ठाउँ, हाम्रो अभियानबाट सहयोग रकम उठाएर अस्पताललाई ११ बटा अक्सिीजन सहितको सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँको भानु नगरपालिका घर भएर उक्त अभियानमा जोडिएका २० जना व्यक्तिहरुले २ लाख १३ हजार रुपयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन ।

उक्त सामाग्री विदेशमा रहेका नेपालीहरुका तर्फबाट उनीहरुका परिवार तथा आफन्तले अस्पताललाई प्रदान गरेका छन् । यो अभियान सुन्दरवजार नगरपालिका वडा नं ८ भोटेवडार निबासी राजेन्द्र कुँवरले संचालन गरेका थिय । कुँबरले करिब थप ५ लाख बराबरको सामाग्री अस्पतालको आबश्यकता अनुसार उलब्ध गराउने वताएका छन् ।

त्यस्तै अमेरिका नेपाल मेडिकल फाउन्डेसन  ले कोभिड-१९ को दोश्रो महामारीको अवस्थामा बिरामीहरुलाई अक्सिजनको कारणले कुनै पनि समस्या नहोस भन्ने उदेश्यले २ वटा अक्सिजन कन्सनट्रेटर यस अस्पताललाई प्रदान गरी सहयोग गरेको छ भने लमजुङ सेवा समिती हङकङ  सम्पर्क समितीले पनि सेनिटाईजर र  सर्जिकल माक्स उपलब्ध गराएको अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

उनका अनुसार अस्पतालमा हाल ४० बेड क्षमताको कोरोना उपचार केन्द्र स्थापना गरिएको छ । उपचार गरिने बेडमा अक्सिजन पाईपलाईन जडानको काम पूरा भएको र आबश्यकता अनुसार विरामीहरु राख्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले आवश्यक स्वास्थ्यकर्मी लगायतको पूर्वाधारको सम्पूर्ण व्यवस्था गरि सकिएकोले अव नमूना सामूदायिक अस्पतालमा विरामीहरु राखेर उपचार गरिने बताएका छन् ।



नयाँ