arrow

जनकपुरमा एक सय शय्याको विशेष कोभिड अस्पताल सञ्चालन

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार ३ बिहिबार
covid-hospital-2.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई सरकारले जनकपुरधाममा एक सय शय्याको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा एक कार्यक्रम बिच बिहीबार समुद्घाटन गरेका छन् । विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरूका कारण आजदेखि मात्र सञ्चालनमा ल्याउन सकिएको हो।

अस्पतालको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड सङ्क्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टै सुरु गर्ने बताए । शिक्षण अस्पताल सञ्चालनका लागी सरकार बाट जग्गा लिजमा लिएका मणिपालले दशकौँ बिती सक्दा समेत अस्पताल सञ्चालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल सुरु भई सकेको जानकारी समेत गराए।

मुख्यमन्त्री राउतले भने ,‘ यस भवनमा कोरोना सङ्क्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाडै सुरु हुन्छ । जग्गा प्राप्तिको प्रक्रिया चाडै सुरु गर्छौ , राज्यको अरबौँको सम्पत्ति कुनै संस्थाले यसरी राख्न पाउँदैन । ’कार्यक्रममा सामाजिक विकास मन्त्री नबल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना बन्ने विश्वास व्यक्त गरे।

स्थापनाको छोटो समयमै ४ बिघामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक सत्र देखी विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन सुरु गर्ने भएको छ । प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुखहरू, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सक सहितको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ