arrow

काठमाडौं उपत्यकालगायत देशभर अझैं तीन दिन मौसम सफा नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
weather.jpg

काठमाडौं। देशभर रहेको मनसुनी वायुको प्रभावका कारण अझैं तीनदिनसम्म देशभर मौसम सफा नहुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझैं दुई-तीन दिन देशभर बदली, हल्का र भारी बर्षाको स्थिती रहने भएको हाे ।

हाल देशभर आंशिक देखि सामान्यतया बदलीको अवस्था रहेको मौसमविद् शान्ति कंडेलले बताइन् । त्यस्तै प्रदेश १, २, कर्णाली र सुदुरपश्चिमका केही स्थानमा हाल बर्षा समेत भइरहेको छ ।

त्यस्तै आज बाग्मती प्रदेश र प्रेश १ का केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशमा पनि भारी बर्षाको सम्भावना रहेको छ । 

काठमाडौं उपत्यकामा भने आज दिँउसोदेखि बेल्कासम्म हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेका मौसम्विद् कंडेलले बताइन् । उनका अनुसार आगामि तीन दिनसम्म देशभरकै मौसम प्रतिकुल नै रहने सम्भावना रहेको छ ।

यस्तो छ महाशाखाले जारी गरेकाे आगामि तीन दिनको मौसम पूर्वानुमान:

२०७८ असार ४  गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम प्रदशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ५  गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदशका  एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित  भारी वर्षाको सम्भावना छ ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित  भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ६  गते (आईतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र र बागमती प्रदेशका  केहि स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  केहि स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ