arrow

कोरोना सङ्क्रमणबाट पोखरामा थप चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट कास्कीमा शुक्रवार चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना पुरुष र एक जना महिला छन् । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. २ का ५४ वर्षीय पुरुष रहेका छन् । गत जेठ १९ गते कोरोना संक्रमित उनको पोखरास्थित मेडिप्लस अस्पतालमा शुक्रवार मृत्यु भएको हो । 

यसै गरी पोखरा महानगरपालिका वडा नं. १३ का ६७ वर्षकी महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमित भएकी ती महिलाको पनि शुक्रवार मृत्यु भएको हो । उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

डा. शर्माका अनुसार पोखरा ३२ का ८७ वर्षका पुरुषको पनि कोरोना सङ्क्रमणबाट शुक्रवार निधन भएको छ । जेठ ३१ गते कोरोना संक्रमित उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसै गरी पोखरा ३ का ५२ वर्षका पुरुषको पनि कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ । जेठ ३१ गते कोरोना संक्रमित उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

योसहित गण्डकीमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७१ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ