arrow

लकडाउनको सदुपयोग गर्दै बाँझो जमिनमा तीतेपाती खेती

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ असार ४ शुक्रबार
tito pati photo.jpg

स्याङ्जा । धार्मिक र औषधीका रूपमा प्रयोग हुने तीतेपाती व्यवसायी रूपले स्याङ्जामा खेती गर्न सुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तीतेपातीको व्यवसायीकाको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायी रूपले खेती गर्न लागेकी हुन् ।

 पुतली बजार नगरपालिका १४ आम डाँडाकी सुनिता क्षेत्रीले अहिले जापनिज जातको तीतेपाती खेतबारीमा लगाउन सुरु गरेकी हुन् । लकडाउनले उनले सञ्चालन गरेको हस्तकला व्यवसाय बन्द भएपछि लकडाउनलाई सदुपयोग गर्दै बाँझो जमिनमा उनले तीतेपाती खेती सुरु गरेकी छन् ।  बजारको ग्यारेन्टी पाएपछि क्षेत्रीले करिब २ महिना देखी बाँझो जमिनमा तीतेपाती खेती गरेको बताइन् । महिला उद्यमी समेत रहेकी क्षेत्रीले बाँदरले लगाएको बालीनाली नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको जानकारी दिइन् । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफलता हासिल गरेकी क्षेत्रीले तितेपाती खेतीलाई व्यवसायी बनाउने अभियानमा जुटेकी छन् ।

बाँदरको समस्याले गर्दा खेतबारी बाँझो राख्न बाध्य थियौ उनले भनिन्, तीतेपातीको बिक्री गर्ने जिम्मेवारी काठमाडौँ स्थित कम्पनीले लिएको छ । खेतबारी बाँझो राख्न भन्दा यसबाट आम्दानी हुन्छ भने किन नलाउने भनेर खेती सुरु गरे उनले भनिन् । क्षेत्रीले अहिले १० रोपनी जमिनमा तीतेपाती लगाउने गरेकी छन् । आर्युवेदीक औषधीका रूपमा प्रयोग हुने तीतेपाती दुई दुई महिनामा काट्न मिल्ने क्षेत्रीको भनाई छ । कस्मेटिक आइटम लगायत अन्य सेवन गर्ने पनि यो प्रभावकारी हुने बताइएको छ । तीतेपाती जापान निर्यात गरिँदै आएको छ । यसको धुलो बनाएर जापान पठाउने गरिएको क्षेत्रीले बताइन् ।

स्याङ्जाका हरेक बस्तीमा बाँदर आतङ्क छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि मानिसहरूले बालीनाली नलगाएर खेतबारी बाँझै राख्न थालेका छन् । बाँदरले नष्ट नगर्ने उत्पादन स्याङ्जाका बाँदर पीडित किसानका लागि यो तीतेपातीको खेती उत्तम हुने क्षेत्रीको सुझाव छ । नेपालमा पाइने भन्दा अलि चाम्रो र पातीको पछाडिको भाग सेतो रङ्गको हुन्छ । सुकाएको तीतेपाती ५० रुपैयाँ किलोमा बिक्री हुने गरेको छ । क्षेत्रीले सुरु गरेको तीतेपातीले साँच्चिकै सफलता मिल्यो भने बाँदरले पनि नष्ट नगर्ने र कुनै किराले पनि आक्रमण नगर्ने भएपछि यो खेती फलदायी हुने विश्वास गरिएको छ । 

चुरा, पोतेको डिजाइन बनाउन महिलाहरूलाई तालिम दिने उद्यमी महिलाले तीतेपाती लगाएकोमा छिमेकीहरू पनि दङ्ग परेको क्षेत्रीले बताइन् । आर्थिक आयमा केही गर्छु भन्ने महिलाहरूका लागि स्थानीय सरकारले कुनै चासो नदिएकोमा क्षेत्री दुखी छन् । आफ्नै मेहनतले केही गर्नुपर्छ भन्ने ध्येय बोकेकी क्षेत्रीले व्यवसायमा धैर्यता र लगनशीलता हुने बताउँछिन् । युवा प्रतिभा पुरस्कार २०७७ बाट गण्डकी प्रदेशबाट उत्कृष्ट छनोट पर्न सफल क्षेत्री महिलालाई उद्यमी बनाउन सके मात्रै समृद्धि हुने दाबी गर्छिन् ।

 तालिम दिँदै आएकी क्षेत्रीले तीतेपातीलाई व्यवसायी रूपले गरेको खेतीका लागि स्थानीय सरकारले पनि सहयोग गर्नु आवश्यक देखिएको छ । आयुर्वेदिक औषधीका लागि उपयोगी हुने भएकाले यसको बजारको ग्यारेन्टी रहेको आयुर्वेद चिकित्सकहरू बताउँछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ