arrow

२४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
corona-nepal-1618404789.jpg

काठमाडौं । २४ घण्टामा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ३४ जनाले ज्यान गुमाएका छन् ।

११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घन्टाकै अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । 
 



नयाँ