arrow

बाढीपीडितलाई जनप्रतिनिधिद्वारा रकम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
badhi-sindhupalchowk-melamc.jpg

सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए । 

कोषमा वडाध्यक्ष चौलागाईंले रु २६ हजार ७३० जम्मा गर्नेछन् । कार्यपालिका सदस्य सावित्री कार्कीले रु १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति रु नौ हजार ९०० कोषमा जम्मा गर्नेछन् । 

यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पुर्याएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ