arrow

उपत्यकामा निषेधाज्ञा फेरि थपिनेः पसल व्यवसाय खोल्न समय तोकिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
lockdown-ktm-1619695250.jpg

काठमाडौं । कोरोना संक्रमणको गतिलाई ‘चेकब्रेक’ गर्न भन्दै १६ बैशाखबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउँदै फेरि थप गरिने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु अहिले जारी निषेधाज्ञाको मोडालीटीलाई केही परिवर्तन गरेर क्रमश खुकुलो बनाउँदै लगिने रणनीति अनुसार निषेधाज्ञा थप गर्ने तयारीमा छन् ।

तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन । व्यापार व्यवसायका क्षेत्रलाई समय निर्धारण गरेर संचालन गर्न दिइने तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको बताए ।

‘जनजीजवनलाई सहज बनाउने र आर्थिक गतिविधि सुचारु गर्ने गरी निषेधाज्ञालाई क्रमश खुकुलो बनाउने भन्ने हो, सबै क्षेत्र एकै पटक खुल्दैन, पसल व्यवसायलाई समय निर्धारण गरेर खुलाउने विषयमा छलफल हुँदैछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्राकुरासँग भने । सवारी साधनका विषयमा भने कसरी अघि बढ्ने भन्ने विषयमा अन्योल रहेको उनले जानकारी दिए ।

‘सवारी साधन खुलाउने त भनेको हो, तर कुनलाई खुलाउने कुनलाई नखुलाउने भन्ने टुंगिएको छैन, खुलाउदा कुन प्रणालीबाट खुलाउने भन्नेमा पनि छलफल जारी छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले थपे ।

सो विषयमा छलफल गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने पराजुलीले जानकारी दिए ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग निषेधाज्ञालाई कसरी सहज रुपमा पालना हुने गरी कार्यान्वयन गर्ने र खुकुलो बनाउने भन्ने विषयमा आन्तरिक रुपमा नै छलफल गर्दै आइरहेका छन् ।

सो क्रममा किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषीजन्य विउविजन तथा मलखाधका पसल, पुस्तक तथा स्टेसनरी पसल लगायत संचालनका लागि फरक फरक समय निर्धारण गरी संचालन गर्ने गरी छलफल भइरहेको छ । आर्थिक गतिविधिलाई विस्तारै संचालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालीटी तय गरिने छ ।

यसैगरी यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा संचालन गर्न दिने विषयमा छलफल भइरहेको छ ।

यसो गर्दा एकैपटक सडकमा भीडभाड कम हुने आँकलन सरोकारवाला निकाय र स्थानीय प्रसासनको छ । यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेक अवे मोडालीटीमा नै संचालन गर्न दिइने गरी रणनीति बनाइएको छ । यस्तै अनलाइनबाट हुने होम डेलीभरीलाईसमेत यथावत राख्ने गरी तयारी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ