arrow

कालोबजारीमा कडाइ गर्नोस्, जनताले सास्ती खेपेको देख्न सक्दिन – उद्योग मन्त्री यादव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
raj-kishor-yadav.jpg
तस्वीर–फाइल ।

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले कालोबजारी र महंगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।

आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री यादवले बजारमा भइरहेको कालोबजारी, महंगी नियन्त्रण लगायतको क्षेत्रमा तत्कालै कडाइ गर्न प्रशासनलाई निर्देशन दिएका हुन् ।

अन्तरक्रियामा सहभागी सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा प्रदेश १ का डिआईजी तथा सम्बन्धित कर्मचारीहरुलाई मन्त्री यादवले आमजनतालाई सहज हुने गरी बजारतर्फ विशेष ध्यान दिन निर्देशन दिए ।

उनले लडकाउन तथा सम्भावित बाढी पहिरोलाई ध्यानमा राखी बजारमा हुनसक्ने कृत्रिम अभावतर्फ विशेष ध्यान दिन जोड दिए । मन्त्री यादवले उपभोक्ता हितलाई ध्यानमा राख्दै व्यापारी तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ