arrow

चिहानघाटको स्वामित्व मुस्लिम समुदायलाई दिन मुख्यमन्त्रीसँग माग

logo
हरि पन्त, 
प्रकाशित २०७८ असार ७ सोमबार
gandaki-mukhya-mantri-mag.jpg

पोखरा । नेपाल मुस्लिम संघ कास्कीले पोखरा ११ जयकोट डाँडास्थित चिहानघाटबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि १२० रोपनी रहेको चिहानघाट अहिले ६० रोपनी रहेको छ । 

यो घाट जतिबेला पनि अतिक्रमित हुन सक्ने भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो । यो घाट मुस्लिम समुदायकै नाममा गरिदिए सुरक्षित हुने संघको विश्वास छ ।

संघका अध्यक्ष हारुन खानको नेतृत्वको एक टोलीले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट गरी सो विषयमा ध्यानाकर्षण गराएको हो । चिहान घाट कास्कीका मुस्लिम समुदायले ५०० वर्षदेखि समाधिस्थलको रुपमा भोगचलन गर्दै आएको छ ।

उक्त अवसरमा मुख्यमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै संघले मुस्लिम समुदायको चाडपर्व बिदा कटौती गरिएको भन्दै मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको छ । 

जवाफमा मुख्यमन्त्री पोखरेलले मुस्लिम समुदायको माग जायज भएको र यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । यस विषयमा सरोकारवालासंग छलफल गर्ने आश्वासन मुख्यमन्त्री पोखरेलबाट भएको संघका अध्यक्ष खानले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ