arrow

चीनले ९० प्रतिशत माइनिङ सुविधा बन्द गर्ने तयारी गरेसँगै बिटक्वाइनको मूल्यमा भारी गिरावट

logo
एजेन्सी
प्रकाशित २०७८ असार ७ सोमबार
bitcoin-price-latest-analysis.jpg

काठमाडौँ। चीनले बिटक्वैन माइनिङ सुविधा बन्द गर्न थालेसँगै बिटक्वैनको मूल्यमा भारी गिरावट आएको छ। बिटक्वैनको मूल्य ८ जुन यताकै कम भएर करिब ३२ हजार अमेरिकी डलरमा झरेको छ। चीनमा बिटक्वैनको कारोबार अवैधानिक छ। तर, बिटक्वैन उत्पादनका लागि चाहिने सुविधा अर्थात् माइनिङ भने चीनमा धेरै नै हुँदै आएको थियो।

तर, अब चीनले करिब ९० प्रतिशत माइनिङ सुविधा बन्द गर्ने भएको चिनियाँ कम्युनिस्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले जनाएको छ।

आइतबार मात्रै चीनको सिचुवान प्रान्तका थुप्रै माइनिङ फार्महरू चिनियाँ अधिकारीहरूले बन्द गरेका छन्।

नयाँ बिटक्वैन बनाउनका लागि जटिल हिसाबहरूको समाधान गर्नुपर्ने हुन्छ। यसका लागि शक्तिशाली कम्प्युटरको प्रयोग हुन्छ भने उतिकै मात्रामा विद्युत् खपत हुन्छ। यसै कारण चीनले माइनिङ फार्महरू बन्द गर्न लागेको हो।

अहिले बिटक्वैनको मूल्यमा झन्डै ७ प्रतिशतले गिरावट आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ