arrow

कोरोना महामारीः पोखरामा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला दुई जना पुरुष छन् ।

सोमबार मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १० का ९८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । असार ४ गते कोरोना संक्रमित उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी पोखरा ८ की ७१ वर्षकी एक महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । यी महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै, पोखरा १३ का ६४ वर्षका पुरुषमा पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यी पुरुषमा जेठ २१ गते कोरोना संक्रमित भएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए ।  योसहित कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३८० जना पुगेको छ ।

यस्तै, गण्डकीमा आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २७७ जना संक्रमित थपिएका छन् । गण्डकीमा आज ६५५ जना संक्रमित निको भएका छन् । गण्डकीमा हालसम्म ८९५ जनाको मृत्यु भएको छ भने ५२ हजार ६९१ जना संक्रमित पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ