arrow

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने/नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्ने भएको हो ।

बरिष्ठ अधिवक्ता त्रिपाठीले काम चलाऊ सरकारले पटक पटक गैर संबैधानिक ढंगले गरेको मन्त्रिपरिषद बिस्तारविरुद्ध आफूले दायर गरेको रिटको अन्तरिम आदेश सम्बन्धमा मंगलबार सुनवाई हुने बताए ।

उनले कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै जेठ २८ गतेको मन्त्रिपरिषद् विस्तारविरुद्ध पुनः पूरक निवेदन पेस गरेका थिए । 

जेठ ६ गते सर्वोच्चले सांसद पद गुमेर पुनर्नियुक्ति भएका ६ मन्त्रीको पद खारेज गरी काम/कारबाहीमा रोक लगाएका थियो ।त्यसपछि प्रधानमन्त्री ओलीले चुनावी सरकारको विस्तार भन्दै जेठ २१ र २८ मा पुनः मन्त्रिपरिषदमा नयाँ सदस्य थप गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ