arrow

नेपालमा विदेशी कोरोना खोप परीक्षणका लागि बाटो खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
health_ministry_1617956882.JPG

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गर्न बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विदेशमा उत्पादन भएका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न दिने सहमति दिएको हो ।

योसँगै अब कुनै पनि देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको खोप सो देशमा पहिलो र दोस्रो चरणको परीक्षण भएको पाइएमा नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न मिल्नेछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अब नेपालमा कोरोना खोप परीक्षण गर्न मिल्ने भएको बताए । 

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता खोपको यसअघि नै परीक्षण भइसकेको छ । जुन सफल पनि भएको  छ ।

डा. ज्ञवालीका अनुसार अब, नेपलमा कुनै कम्पनीले खोप परीक्षण गर्न चाहेमा खोप परीक्षण सफल भयो भने नेपालले आफ्ना जनताका लागि चाहेजति खरिद गर्न सक्ने व्यवस्था हुनेछ  ।



नयाँ