arrow

एकै दिन साढे ४ हजार संक्रमित थपिए, कसरी बढ्यो संक्रमण ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
corona-nepal-1618404789.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोभिड १९ को संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोभिड१९को संक्रमणबाट ज्यान गुमाउनको संख्या ८ हजार ८ सय १३ पुगेको छ ।

केही दिनयता करिब साढे दुईहजारको हाराहारीमा देखिइरहेको संक्रमित संख्या आज अचानक साढे ४ हजार देखिएको छ ।

तर, धौलागिरी अस्पतालबाट विभिन्न पूराना मितिमा भएका परीक्षणहरु आज एकमुस्ट मिलेका कारण संक्रमित संख्या बढी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पूरानो १६ हजार ९ सय १३ जनाको नमुना परीक्षण गरिएको छ । हाल कोरोना संकमण निको हुनेको दर ९०.२ प्रतिशत पुगेको छ ।



नयाँ