arrow

पोखरामा थप तीन जनाको मृत्यु, गण्डकीमा ४८० संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला छन् । मंगलबार मृत्यु भएकामध्ये पोखरा १२ का ३० वर्षका पुरुष रहेका छन् । उनको संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, पोखरा १७ की ९२ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको फेवासिटी अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का ७४ वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

योसहित कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३८३ जना पुगेको छ । कास्कीमा कूल संक्रमितको संख्या २१ अजार ४४१ जना पुगेकोमा २० हजार ४८१ जना निको भएर ६७७ जना सक्रिय सक्रमित छन् । 

गण्डकीमा ४८० संक्रमित थपिए

यसैगरी गण्डकीमा आज थप ४८० जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ । गण्डकीमा आज मृत्यु हुनेमा कास्कीका तीन, बागलुङका दुई र स्याङ्जाका एक जना छन् ।

आज थपिएका संक्रमितमा २३४ महिला र २४६ जना पुरुष छन् । आज भेटिएकामध्ये सबैभन्दा धेरै कास्कीका १३८ जना छन् ।

यसैगरी म्याग्दीमा १७, पर्वतमा एक, गोरखामा ९२, लमजुङमा नौ, तनहूँमा ७२, बागलुङमा ६८ जना संक्रमित भेटिएका छन् । यस्तै, स्याङ्जामा २९ र नवलपरासी पूर्वमा ५४ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १७१ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ५६६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसहित निको हुनेको कुल संख्या ४८ हजार ९९५ जना पुगेको छ । गण्डकीमा हाल ३२ सय ७४ जना सक्रिय संक्रमित छन् । जसमध्ये २८ सय १९ जना होम आइसोलेशनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ