arrow

सर्वोच्चको आदेशपछि ओली पक्षीय नेता भन्छन्: ‘अप्रत्यासित’ र ‘सेटिङ’मा आदेश आयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
kp oli-aayog.jpg

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएपछि ओली पक्षका नेताहरुले ‘अप्रत्यासित’ आदेश भनेका छन् । केही नेताले ‘सेटिङ’ आदेश आएको समेत बताए ।

नेता महेश बस्नेतले सर्वोच्च आदेशमा ‘सेटिङ’ को आशंका गरेका छन् । आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले आदेशअघि नै भविष्यवाणी गरेको भन्दै उनले सेटिङको आशंका गरे ।

आदेश लगत्तै बस्नेताले सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै ‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङमा आफुले प्राप्त गरेको बिशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।’

उनले अगाडि लेखेका छन्, ‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भनेअदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन्। कि न्यायालयहरुले संभाब्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन।

राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ। जे होस अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद बिघटन गरेर निर्वाचनको घोषणालाई भने स्वीकार गरेको देखियो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पदमुक्त भएका २० मन्त्रीहरुलाई वालुवाटारमा बोलाएर अदालतले के गर्न खोजेको हो बुझ्न सकिएन भनेर प्रश्न गरेका थिए । उनले भने, ‘अदालतले संविधानमा नभएको कुरा गर्दैछ, नागरिकता अध्यादेशबारे पनि यस्तै गरिदियो, अहिले पनि यस्तो आदेश आएको छ ।’ अब मुलुक चलाउन नसक्ने र अराजकता हुने कुरा उनले बताएका थिए ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भनेका छन् । उनले अदालतको आदेश एमालेले सधैं सम्मान गर्दै आएपनि अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने प्रतिक्रिया दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ