- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आगामी तीन तीन दिन देशका धेरैजसो स्थानमा मौसम खराब रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन पानी पर्ने, घाम लाग्ने, बदली हुनेजस्ता मौसमीय गतिविधिहरु सक्रिय हुनेछन् ।
आगामी तीन दिन काठमाडौं उपत्यका लगायत खासगरी प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित बर्षा हुने सम्भावना रहेको छ ।
देशभर नै मौसममा गडबडी हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताए । यद्यपि, भारी बर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । 'मनसुन सक्रिय भएका कारण पानी पर्ने, रोकिने हुनेछ तर, भारी बर्षाको सम्भावना भने देखिँदैन्', उनले भने ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरको आगाामी तीन दिनको मौसमपूवार्नुमान:
२०७८ असार ९ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राती: देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार १० गते (बिहिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र लुम्बीनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार ११ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।