arrow

संवैधानिक इजलासमा बहस: बुधबार देउवाका पाँच वकिललाई चार घन्टा समय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि बुधवारदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । । संवैधानिक इजलासमा दिउँसो साढे ११ बजेदेखि निवेदक शेरबहादुर देउवाका कानुन व्यवसायीले बहस गरिरहेका छन् । 

अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राखिएको रिटमा सबैभन्दा पहिला सुनुवाइ हुनेछ। उक्त रिटमा १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्।

देउवाका तर्फबाट बुधबार(आज) शम्भु थापा, बद्रीबहादुर कार्की, खम्मबहादुर खाती, गोविन्द बन्दी र महादेव यादवले बहस गर्र्नेछन् । उनीहरुका लागि चार घन्टाको समयमा तोकिएको छ । सर्वोच्च प्रशासनलाई बुझाइएको सूचनामा पाँच जना वकिलको बोल्ने समयसमेत छुट्टयाइएको छ।

यद्यपी, बुधवार इजलासको शुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वकिलहरुलाई समय आफैं व्यवस्थापन गर्न तर १५ घन्टा नबढाउन निर्देशन दिएका छन् । बुधवार शुरुमा खम्मबहादुर खातीले बोल्ने मौका पाएका छन् । 

जेठ २६ को संवैधानिक इजलासले निवेदकलाई जवाफी बहसका लागि १५ घण्टा समय तोकेको छ। सरकारी पक्षलाई पनि १५ घण्टा तोकेको छ।

अदालतका सहयोगी एमिकस क्युरीले आधा/आधा घण्टा गरी २ घण्टा समय पाउनेछन्। तर समय अभावका कारण कानुनी पृष्ठभूमिका नेताहरुले भने बहस नगर्ने बुझिएको छ ।

प्रतिनिधिसभा पुनः स्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम कांग्रेसका सभापति  देउवालाई प्रधानमन्त्री नियुक्त गर्न  निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् । बाँकी रिट निवेदकले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनः स्थापनाको माग गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ