arrow

स्नातक तहको परीक्षा तालिका सार्वजनिक गर्दै त्रिवि: पायक पर्ने ठाउँबाट परीक्षा दिन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
TU-final.jpg

काठमााडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै परीक्षा सञ्चालन गर्ने भएको छ । साउन ५ या ६ गतेदेखि परीक्षा सञ्चालनका लागि त्रिविले तयारी गरेको हो ।

सम्भवत: भोलि(विहीबार) नै स्नातक पहिलो र दोस्रो बर्षको परीक्षा रुटिन सर्वाजनिक गर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।

'हामीले साउन ५ गतेदेखि दोस्रो बर्षकोे (रोकिएका परीक्षा) र साउन १० गतेदेखि पहिलो बर्र्षको परीक्षा सञ्चालनका लागि प्रस्ताव गरेका छौं', नियन्त्रक जोशीले भने । 'एक दुईदिन तलमाथि भएपनि परीक्षाको रुटिन भोलि सार्वजनिक हुने' उनले बताए ।

त्रिविको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षका र परीक्षा रोकिएका दोस्रो बर्षका विद्यार्थीहरुले परीक्षा दिन पाउँने छन् ।

पायक पर्ने ठाउँबाट परीक्षा दिन सकिने

यस्तै विद्यार्थीले आफुलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने समेत भएका छन् । नियन्त्रक जोशीले कुन ठाउँका विद्यार्थीले कहाँबाट परीक्षा दिनसक्छन् भनेर पनि रुटिन सार्वजनिक गरेको एकदुई दिनमा तालिका सार्वजनीक गर्ने बताए ।

अझैं केही विद्यार्थीहरुको परीक्षा फारम छुटेका कारण उनीहरुको पनि फारम आइसकेपछि परीक्षा केन्द्र तोकिने उनले बताए । विद्यार्थीले आफुलाई सहज हुने ठाउँबाट परीक्षा दिनसक्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ