arrow

मन्त्री भएपछि शेरबहादुर तामाङको १९ दिन, गाँजाको अनुसन्धान पनि प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
ser-tamang1.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएपछि शेरबहादुर तामाङले १९ दिनमा आफूले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको बताएका छन् ।

१९ दिनभित्रका आफ्ना महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गर्दै तामाङले राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी आफूले लिने पनि बताएका छन् ।

बुधबार दिउँसो सामाजिक संजालमा आफ्ना १९ दिनका उपलब्धीहरु चार बुँदामा सार्वजनिक गर्दै तामाङले गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु गरेको पनि जनाएका छन् । उनले बुँदागत रुपमा लेखेका छन्ः

‘१९ दिन !
१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन।)
२.सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ