arrow

दुई घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध भएकाेप्रति वर्कर्स युनियकाे ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
nepal-telecom-building.jpg

काठमडौं । बुधबार बिहान ६ बजेदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमको जीएसएम सेवा अन्तर्गतका सम्पूर्ण सेवाहरु अवरुद्ध भएका थिए ।

पूर्व सूचनाविना सेवा अवरुद्ध हुँदा लाखौं सेवाग्राहीहरु मर्कामा परेका थिए भने टेलिकमले ठूलो परिणाममा राजस्व समेत गुमाएको छ ।

देशकै प्रमुख सेवा प्रदायकबाट भएको यस्तो गम्भीर लापरवाहीविरुद्ध नेपाल टेलिकम वर्कर्स युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै युनियनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन चेतावनी समेत दिएको छ ।

कोभिड १९ को महामारीका बेला जनताले थप सुविधा पाउनु पर्नेमा कम्पनीमाथि नै ठूलो क्षति पर्ने गरी भएको घटनाको जिम्मेवारी कस्ले लिने भन्दै युनियनले प्रश्न समेत उठाएको छ ।

यसबाहेक यो घटना केकसरी भएको हो भनेर स्पष्ट पार्नका लागि समेत युनियनले माग गरेको छ । 

यस्तो छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ