arrow

रमण श्रेष्ठको प्रश्न: ‘राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन किन खोज्या ?'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
Raman-shrestha-new.jpeg

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसमा राष्ट्रपतिको कदमबारे गम्भीर प्रश्न उठेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको काँग्रेस सभापति शेरबहादुर देउवालगायतको तर्फबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ‘राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?’ भनि प्रश्न गरेका छन् ।

राष्ट्रपतिले आफूले गरेको काममा कसैले प्रश्न गर्न नसक्ने दावी गर्नु गलत भएको भन्दै उनले भने ‘हामीले राजा ज्ञानेन्द्रलाई हटाएर यो व्यवस्था ल्याएको होइन ?’ उनले विगतमा राजा राष्ट्रप्रमुख हुँदा समेत नदिइएको अधिकार गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिले अभ्यास गर्न खोज्नु असंवैधानिक भएको जिकिर गरे ।

ओली सरकारले जे सिफारिस गर्यो त्यसलाई आँखा चिम्लेर राष्ट्रपतिले सदर गरिदिँदा समस्या उत्पन्न भएको बताए । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सांसदहरुले विशेष अधिकार प्रयोग गरेर सरकार गठन गर्नसक्ने बताए ।

देउवासहित १ सय ४६ सांसदको रिट निवेदनको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, संविधानको धारा ७६को उपधारा ५ प्रतिनधिसभाका सदस्यहरुका लागि ब्रह्मास्त्र भएको र त्यसको अधिकार विशेष रुपमा प्रतिनिधिसभाका सदस्यहरुलाई दिइएको हो ।’

प्रधानमन्त्रीको गलत रवैया ‘हिटलर’ जस्तै भएको भन्दै उनले भने, ‘उच्च ओहदामा बसेकाहरुको यस्तै व्यवहारले हिटलर जन्मिने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ