arrow

गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई, स्वास्थ्य मन्त्रालय कृष्णगोपाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
bishnu-poudel-minister-finance.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्मा कायम रहेका मन्त्रीको जिम्मेवारी बाँडफाँड गरेकी छन् ।  सर्वोच्च अदालतले पछिल्लो पटक नियुक्त २० मन्त्रीहरूलाई जिम्मेवारीबाट मुक्त गरेसँगै रिक्त भएका मन्त्रालयहरू सम्हाल्ने गरी बाँकी रहेका मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको हो । 

राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीहरूको जिम्मेवारी तोकिएको बताइएको छ ।  जसअनुसार प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय आफैँसँग राखेका छन् ।  

यसै गरी प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।  

यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको छ । यस्तै मन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यसै गरी मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ