arrow

विन्डोज ११ काे आधिकारीक घोषणा, माेबाइल एप चल्नेदेखि यस्ता छन् राेचक फिचर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
windows 11 microsoft.jpg

काठमाडौं । माइक्रोसफ्टले आफ्नो विन्डोजको नयाँ भर्जन विन्डोज११ नामसहित आधिकारीक रुपमा घोषणा गरेको छ । माइक्रोसफ्टको नयाँ भर्जनले प्रयोगकर्ताको सहजतालाई मुख्य प्राथमिकतामा राखेको छ ।

यस्तै विन्डोज ११ मा नयाँ स्टार्ट मेन्यु र स्टार्ट बट्टन किनारमा नभइ बीचमा रहेका छन् । यसअघि माइक्रो सफ्टले डअल स्क्रिन डिभाइसका लागि प्लान गरेको विन्डोज १०एक्सका धेरैजसो फिचरहरु विन्डोज ११ मा देखिएका छन् ।

विन्डोज ११ मा डार्क र लाइट मोडको सुविधा समेत रहने कम्पनीले बताएको छ । यस्तै स्न्याप लेआउट समेत विन्डोज ११ मा रहेको छ । यसले कुन एप कहाँ छ भनेर थाहा पाउन सहज बनाउँने छ ।

यसबाहेक विन्डोज अपडेट पनि ४० प्रतिशत कम र सहज राखेको छ । जसले अब समय समयमा डिस्टर्ब गर्ने छैन् । विन्डोज विजेट्सहरु पनि आर्कषक तरिकाले बाँया साइडतर्फ राखिएको छ ।

यस्तै ईशाराबाटै समेत धेरै कामहरु गर्न सकिने फिचर समेत विन्डोज११ मा थपिएको छ । जुन खासगरी ट्याबल्टे र मोबाइलमा बढी हुन्छ ।

माइक्रोसफ्ट टिम एप पनि टास्कबारमै पीन भएर आउने छ । जसबाट साथीभाइ र परिवारजनलाई फोन गर्न एवं अन्य भर्चुअल मिटिङ गर्न सकिन्छ ।

विन्डोज ११ को स्पिड र पर्पमेन्स पनि निकै नै दुरुस्त भएको दाबी कम्पनीले गरेको छ । गेमिङका लागि समेत विन्डाेज ११ मा एक्सबक्स पास इन्टिग्रेट गरिएको छ ।

र अन्तमा विन्डोज ११ मा थपिएका नयाँ फिचरहरुमध्ये सबैभन्दा रोचक भनेको मोबाइल एपहरुलाई पनि सहजै सपोर्ट गर्नेछ । अर्थात अब, फोनमा चलाइने टिकटक, इन्सटाग्राम फेसबुक एप सबै माइक्रोसफ्टमा सहजै चलाउन सकिने छ ।

यस्तै माइक्रोसफ्टको नयाँ भर्जन अर्थात विन्डोज ११ निशुल्क रुपमा विन्डोज १० का प्रयोगकर्ताहरुले अपग्रेड गर्न पाउँनेछन् । तर, आठौं जेनेरेसनको र नयाँ इन्टेल कोर प्रोसेसर भएको सीपीयुहरुमा मात्रै सपोर्ट गर्ने छ ।

यसबाहेकका कम्प्युटरहरुको अपडेटमा भने हार्डवयर सर्पाेट पगेन भन्नेछ । विन्डोज११ प्रयोगकर्ताका लागि कहिले सर्वाजनीक हुन्छ भनेर कम्पनीले मिति तोकेको छैन् । तर अक्टोबरको अन्त्यतिर सन् २०२२ भरीमा प्रयोगकर्ताले विन्डोज१० अपडेट गर्न सक्नेछन् ।

थप हेर्नुहाेस् भिडियाेमा:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ