arrow

संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु, गण्डकीमा ३ सय ४७ जना निको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट कास्कीमा थप दुई जनाको मृत्यु भएको छ । शुक्रवार मृत्यु भएका दुवै जना महिला हुन् ।

पोखरा महानरपालिका वडा नं. १५ की ६८ वर्षकी महिलाको मृत्यु भएको छ । असार ८ गते कोरोना संक्रमित उनको पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ की ५९ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । 

असार २ गते कोरोना संक्रमित भएकी उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसहित कोरोना संक्रमणबाट कास्कीमा मृत्यु हुनेको कूल संख्या ३९३ जना पुगेको संयोजक शर्माले जानकारी दिए । 

गण्डकीमा थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कास्कीका दुई जनासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वका तीन र स्याङ्जाका एक जना छन् । 

नवलपरासी पूर्वका हुप्पेकोट गाउँपालिका वडा नं. ६ की ७० वर्षकी महिला, विनयत्रिवेणी गाउँपालिका २ की ७४ वर्षकी महिला र कावासोती गाउँपालिका २ की ४७ वर्षकी महिलाको मृत्यु भएको संयोजक शर्माले बताए । उनीहरु तीन जनाकै चितवनमा निधन भएको हो । 

यस्तै, स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. २ की ६६ वर्षकी महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९२० जना पुगेको छ । 

गण्डकीमा २१३ जना संक्रमित थपिए
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा कास्कीका १०३ जना छन् । यस्तै, म्याग्दीका १३ जना, पर्वतका २० जना, गोरखाका ६ जना, तनहूँका पाँच जना, बागलुङका २५ जना, स्याङ्जाका चार जना र नवलपरासी पूर्वका ३७ जना छन् ।
योसहित गण्डकीमा कूल संक्रमितको संख्या ५३ हजार ९२१ जना पुगेको छ । 

३४७ संक्रमित निको भए
गण्डकीमा पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित निको भएका छन् । योसहित गण्डकीको निको हुने संक्रमितको संख्या ५० हजार २५८ जना पुगेको छ । गण्डकीमा हाल २७ सय ४२ जना सक्रिय संक्रमित छन् । जसमा सबैभन्दा धेरै कास्कीमा ५८१ जना छन् । सक्रिय संक्रमितमध्ये २४ सय ३० जना होम आइसोलेशनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ