arrow

चीन कोरोना भाइरसको नयाँ हटबेड बन्दै

logo
एजेन्सी
प्रकाशित २०७८ असार ११ शुक्रबार
china-coronavirus1.jpg
फाइल तस्बिर

बेइजिङ। सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको सङ्क्रमण फेरि चीनमा फैलिएको छ। केही समय नियन्त्रणमा आए पनि कोरोना भाइरस चीनमा फेरि फैलिन थालेर हटबेड बनिरहेको भन्दै विज्ञहरूले चेतावनी दिएको छ।

कोरोना भाइरसको सटीक स्रोत फेरि रहस्यमय रूपमा फैलिन थालेको छ। करिब डेढ वर्षअघि चीनको वुहानबाट फैलिएको सङ्क्रमण फेरि फैलिन थालेपछि चीनमा प्रतिबन्धात्मक नियमहरू जारी गरिएका छन्।

संयुक्त राज्य अमेरिका, इटाली र न्युजिल्याण्डका अनुसन्धानकर्ताहरूले चीन कोरोना भाइरसको हटस्पट बन्ने चेतावनी दिएका छन्। चीनमा कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि करिब एक वर्ष लकडाउन गरिएको थियो। केही समय सङ्क्रमण रोकिएको पनि थियो।

तर, कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरेका पनि सङ्क्रमण नरोकिएपछि चिनियाँ नेताहरू नै तनावमा परेका छन्। यो चमेरोबाट आएको हुनसक्ने आशङ्का गरिएको यो सङ्क्रमण फेरि चीनमा ठुलो धक्का लाग्ने आङ्कलन गरिएको छ।

चमेरोबाट आएको हुनसक्ने आशङ्का गरिएको कोरोना महामारी अहिले प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने प्रमाणहरू बलियो हुँदै गएका छन्। विज्ञहरूले पनि चीनका प्रयोगशालाहरूमा थप व्यापक अनुसन्धान गर्नुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ