- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा रोज़गारदाता परिषद् गठन भएको छ। रोजगारदाता उद्योग र व्यवसायीहरुको आवाजलाई समेट्ने गरी गठन गरिएको परिषदमा विनायक शाह र मोहन कटुवाललाई उपसभापतिको जिम्मेवारी दिइएको छ।
त्यस्तै विरेन्द्रनाथ भट्टराई, सैबल घोष, नितिन जलन, रोजन कर्मचार्यलाई सदस्यको जिम्मेवारी दिइएको छ। वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने र रण बहादुर श्रेष्ठलाई सल्लाहकारमा तोकिएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको उपस्थितिमा समिति गठन गरिएको हो।