- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक। लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ। स्थानीयवासी गोपाल दुलालको तीन तले घर आज बिहान बगाएको हो।
मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनौँ बेपत्ता भएका छन्।
त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन्। निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ। बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन्। बाढीले विस्थापितहरू अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन्।