arrow

बाजुरामा पनि सहकारी बैंकको सेवा बिस्तार

logo
दयाराम पण्डित 
प्रकाशित २०७८ असार १३ आइतबार
sahakari1.jpg

बाजुरा । राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवा बाजुरामा पनि संचालन गरेको छ । बाजुराका प्रख्यात सहकारी संस्था त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि‍‍. बडिमालिका आठ मार्तडी र जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. बुढिगंगालाई एकैसाथ लगानी गरी आफ्नो सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिए ।

सहकारी मार्फत सदस्यलाई ब्यवसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले  सहकारी बैंकले पहिलो पटक बाजुरामा सेवा थालनी गरेको  शाखा प्रमुख रावलले बताए ।

प्रथम पटकलाई जिल्लाका दुुई संस्थालाई  शुक्रवार दिउसो पचास/पचास लाख रुपैंया बराबरको चेक दिएर विनाधितो ऋण लगानी गरेको हो । सहकारी संस्था प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त ऋण लगानी गरेको त्रिबेणी सहकारी संस्थालिका अध्या अशोक रावलले बताए ।

एक हजार रुपैंयाको शेयर ,पाँच सय रुपैंया प्रवेश शुल्क गरी जम्मा पन्ध्रसय रुपैंयाँमा जुनसुुकै सहकारी संस्थाले पनि उक्तबैंकको सदस्य बन्न पाउने प्रावधान छ । दुुर्गम तथा पिछडिएको क्षेत्रमा सहकारी बैंकले सहकारी संस्था प्रबद्र्धन गर्न  प्राथमिकतामा राखेको  छ ।

सहकारी संस्थाले  आफ्नै बैंकबाट  सेवा लिन आग्रह पनि गरे । केही महिना भित्र बाजुरामा नयाँ चरणको थप अर्को बित्तीय कार्यक्रम संचालन गर्ने छौं । धनगढी शाखमा हाल ३५० बढी  सहकारी संस्थाहरु उक्त संघको सदस्य रहेका छन् । एक अर्ब भन्दा बढि रकम ऋण लगानी गरेको शाखा प्रमुख रावलले  जानकारी दिए ।

आन्तरिक बचत परिचालनबाट शेयर सदस्यको मागलाई धान्न नसकेको अवस्थामा विनाधितो ऋण लगानी गरी सहकारी बैंकले बाजुरामा पनि सेवा विस्तार गरेकोमा खुशी छौं । उक्त रकम सदस्यको माग अनुसार लगानी गरिने छ ।

जुन ब्यबसायका लागि ऋण लगानी गर्छौ, स्वीकृत ब्यवसाय अनुसार लगानी नगरेको पाइएमा सहकारी ऐन नियम अनुसार रकम फिर्ता लिने छौं । लगानी डुबाउन नभई सदस्यलाई ब्यबसायमुखी बनाउने हाम्रो अभियान सफल पार्न सहकारी बैंकले ऋण सहयोग गरेको  हो,’ त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि का सचिव जनक थापाले  भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ