- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता सविता भण्डारीले आइतबार बहस गरेकी छन् ।
देउवालगायतका निवेदकको तर्फबाट बहस गर्दै संवैधानिक इजलासमा उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त नगरेको बताइन ।
उनलाई बहसका लागि ५ मिनेटको समय दिइएको थियो । त्यसक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासलाई जिस्काएजस्तो भएन र भनेर प्रश्न गरेका थिए ।
सो क्रममा भण्डारीले विश्वासको मत नपाएपछि ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको बताइन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिट निवेदनसहित १४६ जना उपस्थित भएको हुनाले उनीसँग विश्वासको मत लिन सक्ने आधार देखिए पनि राष्ट्रपतिले देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको उनको जिकिर थियो ।
उनले भनिन्, ‘७६(३) अनुसारको पिएमले विश्वासको मत नलिएपछि उहाँलाई अधिकार छैन । विश्वासको मत नपाएपछि केपी ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको अवस्था हो ।’