arrow

कोरोना महामारीः पोखरामा ११ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
pokhara-besifat.jpg

पोखरा । कोरोना संक्रमणबाट कास्कीमा थप आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सात जना महिला र र एक जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा पोखरा १३ का ४९ वर्षका पुरुष, पोखरा २६ की ५९ वर्षकी महिला, पोखरा १३ की ६७ वर्षकी महिला, पोखरा ११ की ६७ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञानद प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी पोखरा १६ की ६५ वर्षकी महिला, पोखरा ८ की ७९ वर्षकी महिलाको उपचारको क्रममा पोखरास्थित फिस्टेल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार पोखरा ५ की ४० वर्षकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । यसैगरी तनहूँको भिमाद गाउँपालिका वडा नं.५ की ७८ वर्षकी महिलाको पनि गण्डकी मेडिकल कलेजमै मृत्यु भएको हो ।

यस्तै, स्याङ्जा वालिङ नगरपालिका वडा नं. १ का ६७ वर्षकी महिला र पुतलीबजार नगरपालिका वडा नं.३ की ६३ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको संयोजक शर्माले जानकारी दिए ।

योसहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको कूल संख्या ९३४ जना पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३० जना संक्रमित थपिएका छन् । गण्डकीमा आज ३८० जना संक्रमित निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ