arrow

प्रतिनिधि सभा विघटन मुद्दाः रिट पक्षका १४६ सांसदतर्फको बहस सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी सुनुवाइका क्रममा रिट निवेदक १४६ सांसदतर्फको बहस सकिएको छ ।

रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसद तर्फको बहस ९ असारबाट शुरु भएको थियो । रिटका पक्षमा चार दिनमा ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् । सबै गरी कूल १२ घण्टा रिट पक्षले बहस गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई बहसका लागि समय तोकिदिएको थियो ।

इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

अब ३ घण्टाको समय रिट निवेदकको विपक्षीले जवाफी बहस गर्ने छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीले विपक्षमा बहस गर्ने छन् ।

त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय निर्धारण गरिएको छ । एमिकस क्युरीमा सर्वोच्च बार र नेपाल बारका दुई दरई जना प्रतिनिधि तोकिएका छन् ।

पक्ष र विपक्षको बहसपछि इजलासका सहयोगीका रुपमा तोकिएका एमिकस क्युरीका चार वरिष्ठ अधिवक्ताले बहस गरेपछि मुद्दाको टुंगो लाग्ने छ ।

प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा ३१ रिट परेका छन् । गत ८ जेठमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ