arrow

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने, पसलहरु खोल्न केही सहज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
lockdown-ktm-traffice.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन पनि चल्न दिइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै सार्वजनिक सवारी साधनलाई जोरविजोर प्रणालीका आधारमा संचालन गर्न दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय भएको उनले बताए ।

ती सवारी साधनहरुमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ । तर लामो दूरीका सवारी साधन भने संचालन गर्नेबारे कुनै निर्णय भएको छैन् ।

त्यस्तै खाद्यान्न पसलहरु प्रत्येक दिन विहान ६ बजेदेखि साँझ ६ बजेसम्म, त्यस्तै अन्य पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने तर स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

उपत्यकामा पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार आज राती १२ पछि सकिँदैछ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ