arrow

संवैधानिक इजलाशमा बहस : सरकार पक्षको बहस शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सोमबार आजदेखि सरकार पक्षको बहस प्रारम्भ भएको छ ।

सरकारका तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले शुरुमा बहस शुरु गरेका छन् । आइतबार रिट निवेदन पक्षको बहस सकिएपछि सोमाबारदेखि सरकारी पक्षको बहस शुरु भएको हो । महान्यायाधिवक्ता कार्यालयको तर्फबाट ११ जनाको नाम बहसका लागि सर्वोच्चमा पठाइएकोमा बडालले तीन घन्टाको समय मागेका छन् ।

सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीका लागी १४ घण्टा समय छुट्याइएको छ । संवैधानिक इजलासले दिएको १५ घण्टा मध्ये सरकार पक्षले सभामुख अग्नि प्रसाद सापकोटाका कानुन ब्यवसायीलाई एक घण्टा समय दिएका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

महान्यायाधीवक्ताको कार्यालयबाट विश्वराज कोइराला, श्याम कुमार भट्टराई, टेक बहादुर घिमिरे, गोपाल घिमिरे, उद्धव पुडासैनी, संजिबराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गर्नेछन्। इजलाशमा प्रधानमन्त्री ओलीको तर्फबाट प्राइभेट वकिलको रुपमा सात जना वरिष्ठ अधिवक्ताहरुले पनि बहस गर्नेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ