काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, तर यी क्षेत्र अझै बन्द (निषेधाज्ञाकाे पूर्णपाठ)
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
747
Shares
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको निषेधाज्ञा थप खुकुलो भएको छ । गत साता समेत निषेधाज्ञा खुकुलो भएसँगै प्राइभेट गाडीहरु जोरबिजोरमा चल्न दिइएको थियो ।
सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै थप एक साता लम्ब्याउने तयारी गरेको हो ।
सोही अनुसार मंगलबार अर्थात् भोलिदेखि २५ भन्दा धेरै सिटयुक्त सार्वजनिक यातायातका साधन जोरविजोरमा चल्न पाउने छन्, यस्तै खाद्य पसल दिनभर खुला रहनेछन् ।
यद्यपि, विवाह, ब्रतबन्ध, महोत्सव जस्ता कार्यक्रमहरु भने गर्न पाइने छैन् । यस्तै डान्सबार, पार्टी प्यालेस, हल, सेमीनार, स्वीमङ पुल, जीम खाना, चिडियाखानाजस्ता क्षेत्रहरु पनि बन्द रहनेछन् । यस्तै विद्यालय, ट्युसन सेन्टरजस्ता शैक्षिक संस्था पनि बन्द रहने भएका छन् ।