arrow

महान्यायाधिवक्ता बडालको सुझाव : संविधान हेरेर बहस गरौं, एमएम सुनेर होइन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
ramesh-badal.jpg

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई संविधान हेरेर बहस गर्न सुझाव दिएका छन् । एफएम सुनेर त्यसैको आधारमा बहस नगर्न र संविधान हेर्न उनले सुझाएका हुन् ।

संसद विघटनविरुद्ध दायर रिटमा सोमबार विपक्षीको तर्फबाट बहस गर्दै महान्याधिवक्ता बडालले रिटमा भएको चार दिनको बहस गाली पुराण भएको उल्लेख गर्दै गालीको जवाफ गालीबाट दिन नमिल्ने बताए ।

उनले भने, ‘रिट निवेदकका तर्फबाट विद्वान अधिवक्ताहरुको बहस सुनियो । यसअघि १८ पुराण सुनिएको थियो, यहाँ १९ औं पुराण पनि सुनियो, त्यसैले गाली पुराण जवाफ दिनुपर्दैन् तर बहस चाहिं गर्ने हो ।’

बडालले संविधानको प्रस्तावनामा नै बहुदलीय व्यवस्था भन्ने उल्लेख रहेको र निर्दलीय व्यवस्थाको कल्पना संविधानले नगरेको बताए । उनले बहुदलीय व्यवस्था हो कि निर्दलीय व्यवस्था हो त्यसको निर्क्यौल सबैभन्दा पहिला गर्नुपर्ने औंल्याए ।

उनले संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने दाबी पनि गरे । उनले न्यायालयलाई गुमराहमा राखेको पनि बताए । त्यस्तै वडालले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गरेपछि जनता समाजवादी पार्टीले समर्थन गरेको हुनाले नै ओलीले फेरि उपधारा (५) मा दाबी गरेको उल्लेख गर्दै प्रधानमन्त्रीको बचाउ गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ